arrow

जुगाँवाली एक राजकुमारी जसलाई नपाएपछि १३ राजकुमारले गरे आत्महत्या

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
rani.jpg

काठमाडौं । इरानीकी एक राजकुमारीलाई नपाएपछि  १३ जना राजकुमारले आत्महत्या गरेका थिए । जहरा खानम तदज एस सल्टानेह नाम गरेकी राजकुमारीका यति धेरै दिवाना थिए कि प्रस्ताव अस्विकारपछि  आत्महत्या गरेका थिए ।

 अहिलेको समयमा केटीहरु आफूलाई राम्री देखाउन विभिन्न उपायको प्रयोग गर्ने गरेका छन् । खानाका साथै उनीहरु आफ्नो सौन्दर्यमा विशेष ध्यान दिन्छन् । जहरा राम्री थिइनन् तर उनलाई चाहने धेरै थिए ।

धेरै देशका राजकुमारले उनलाई विवाहको प्रस्ताव गरेका थिए ।  मानिस मनले सुन्दर हुनुपर्छ भन्ने कुरामा दुईमत छैन । यस्तै एक उदाहरण इरानी शाहीवंशकी राजकुमारीले दिएकी छिन् ।

उनी अन्य राजकुमारीको तुलनामा  राम्री त थिइनन् तर उनी निकै गुणवान् र कलाकार थिइन् ।  यी फारसी राजकुमारीको पूरा नाम जहरा खानम तदज एस सल्टानेह थियो ।

उनी इरानका सबै महिलामध्येकी शिक्षित थिइन् । उनलाई १ सय ४५ देशका राजकुमारले विवाहको प्रस्ताव गरेका थिए । राजकुमारीले अस्वीकार गरेपछि १३ जनाले आत्महत्या गरेका थिए ।

जहराले आफ्ना प्रेमी फारसी राजा नासिर अल दीन शाहसँग विवाह गरेकी थिइन् । उनका दुई छोरा र एक छोरी थिए । राजाका ८४ पत्नी थिए तर जहरा सबैभन्दा विशेष थिइन् ।

 राजा बाहिरी सौन्दर्यभन्दा पनि मानिस मनबाट राम्रो हुनुपर्छ भन्ने कुरामा विश्वास राख्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ