arrow

१०४ सालका पतिको निधनको एक घण्टामै १०० वर्षकी पत्नीको निधन 

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
elder-couple.jpg

काठमाडौं । जब कोही आफ्नो व्यक्ति संगै रहँदैन तब बाँच्ने रहर पनि पूरा हुन्छ । त्यस्तै भएको छ भारतको तमिलनाडुस्थित पुदुक्कोट्टई जिल्लामा पनि । 

गत सोमबारको प्रसंग हो । १०४ वर्षका वेधिवेलको मृत्युको एक घण्टाभित्रै उनकी १०० वर्षकी पत्नीको पनि मृत्यु भएको छ । 

दुवै जना कुप्पाक्कुडी आदि द्रविड कोलनीमा बस्थे । ७५ वर्षअघि बिहे गरेका उनीहरु अरुको चर्चामा रहिरहन्थे । उनीहरुको स्वास्थ्यको प्रशंसा भइरहन्थ्यो । 

सोमबार राति वेत्रिवेललाई गम्भीर टाउको दुख्यो । उनलाई नातिले अस्पताल लगे । उनको बाटोमै मृत्यु भयो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरे । 

मृतकको शव नातिले घर ल्याए । पतिको शव देखेर पत्नी पिचायी रुँदारुँदै बेहोश भएर फेरि उठिनन् । 

उनीहरुका ६ सन्तानका २३ नाति नातिना छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ