arrow

करोडपति तेल व्यापारीका छोरा घरबाट भागेर होटलमा माझे भाडा, आनन्द महिन्द्राले दिए यस्तो 'अफर'

logo
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
darbesh.jpg

काठमाडौं । आफ्नो जीवनमा आफूलाई प्रमाणित गर्न धेरै मानिसहरूले कडा मेहनत गर्छन्। केही व्यक्तिले पुर्खाहरूको धन प्राप्त गर्दछन्, जबकि कोही व्यक्ति आफैले यसलाई कमाउन यथासक्दो प्रयास गर्छन्, तर के तपाईले करोडपतिको छोरोले होटलमा भाडा माझेको सुन्नुभएको छ ?

गुजरातका १९ वर्षीय द्वारकेशकाका बुबा करोडपति तेल व्यापारी हुन्।  व्यापारीहरूका छोराहरू उनीहरूको व्यवसायमा सामेल भएको प्रायः देख्न सकिन्छ, उनिहरु आफ्नै कम्पनी सुरु गर्छन् वा विदेश जान रुचाउँछन् तर द्वारकेशको कहानी यी सबैभन्दा बिलकुलै फरक छ।

ईन्जिनियरिङ पढाइ गरेका द्वारकेश, करीव एक महिना अघि घरबाट भागे। उनले आफ्नो मोबाइल फोन पनि घरमा छोडेका थिए , त्यसैले उनलाई ट्रेस गर्न सजिलो भएन। द्वारकेशका आमा बुबा आफ्ना छोरालाई खोज्न निरन्तर कोशिस गर्दै थिए। यसका लागि उनिहरुले प्रहरीलाई पनि खबर गरे।

प्रहरीका अनुसार युवकले आफ्नो मोबाइल फोन घरमा राखेका थिए। 'हामीसँग पाडारा रेलवे स्टेशनको सीसीटीभी फुटेज र  एक अटो रिक्शा चालकले पाडारा शहरको अक्षरचोकमा उतारिदिएको बयान थियो।'

द्वारकेश पाडाराबाट दिल्ली पुगे। उनी रोजगारीको आशामा दिल्लीबाट सिमलामा बसाई सरेका थिए। जीविका चलाउन उनले सिमलाको होटेलमा भाडा माझ्ने काम शुरू गरे। राती, उनि सडकमा सुत्न थाल्छन्।

एक दिन होटेल मालिकले उनीमाथि शंका गरेर उनीको परिचय पत्रको मागे। जब होटल मालिकले थाहा पाए कि द्वारकेश गुजरातको पाडाराका हुन्, तब उनले पाडारा प्रहरी स्टेशनमा फोन गरेर बोलाए। अनुसन्धानपछि, प्रहरीले थाहा पाए कि यी तिनै १९ वर्षीय युवक हुन् जसलाई उनीहरू धेरै दिनदेखि खोजी रहेका छन् । द्वारकेशलाई जसै यो थाहा भयो उनि सो होटेलबाट पनि भागे। तर धेरै अनुसन्धानपछि, प्रहरी उनलाई समात्यो र परिवारको जिम्मा लगायो।

द्वारकेशका परिवारले भने,' उनी हामी सबैमा आफ्नो क्षमता प्रमाणित गर्न चाहन्थे। उनि आफ्नो कडा परिश्रम र प्रयासको आधारमा एक दिन ठूलो मान्छे बन्न चाहन्थे। उनले यो पनि प्रमाणित गरे कि उनी कठिन परिस्थितिहरुमा पनि सफल हुने क्षमता राख्छन् ।'

द्वारकेशको कहानी बारे अखबरमा पढेपछि उद्योगपति आनन्द महिन्द्राले ट्वीट गरे। साथै उनको कम्पनी मा इन्टर्नशिप गर्नको लागि प्रस्ताव पनि दिए। उनले लेखे 'म यस युवाको प्रशंसक हुँ। उनि आफ्नो दममा अगाडि बढ्न चाहन्छन्। यस्तो देखिन्छ कि उनले आफ्नो सन्कि घरबाट बाहिर निस्के। तर म यो देखिरहेको छु कि भविष्यमा उनि सफल, आत्मनिर्भर उद्योगपति बन्न सक्छन्। म मेरो कम्पनी महिन्द्रा राइजमा उनलाई इन्टर्नशिपको प्रस्ताव गर्न पाउँदा खुसी हुनेछु। '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ