arrow

नशामुक्त शाकाहारी समाजका लागि अभियान 

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
sakahari.jpg

काठमाडौँ । जाँडरक्सी तथा अन्य वुद्धिनाशक नशा छोड्ने, छुटाउने एवं शाकाहारी बन्ने, बनाउने मूल उद्देश्यका साथ राजधानीमा शुक्रबारदेखि शुरु भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले देशभर अभियान चलाउने घोषणा गरेको छ ।     
     
दोस्रो अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी समागम नेपालका सात प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहमा अभियान चलाई शान्तिपूर्ण समाज निर्माणमा योगदान गर्ने घोषणा गरिएको हो । 

बाबा जयगुरुदेव सङ्गत केन्द्रीय कार्य समितिले आयोजना गरेको सो कार्यक्रममा बाबा उमाकान्तजी महाराजले नशामुक्त एवं शाकाहारी समाजको निर्माणमा अगुवा व्यक्तिलाई पनि हिँडाउनुपर्ने बताए । उनले हालसम्म यो अभियानका लागि १६ देशमा यस्ता कार्यक्रम गरेको सो अवसरमा जानकारी गराइएको थियो ।     
     
कार्यक्रमको उद्घाटन शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । कार्यक्रममा नशाकै कारण मानव समाजमा धेरै प्रकारका समस्या उत्पन्न हुने गरेकाले शान्ति एवं सद्भावनाका लागि विश्वव्यापी रुपमा यो अभियान शुरु गरिएको जानकारीसमेत दिइएको थियो । 

कार्यक्रममा नेपाल र भारतका गरी करीब तीन हजार साधकको सहभागिता रहेको समितिका संरक्षक नन्दकुमार चौधरीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ