arrow

‘नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी’

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
subash-nembang3.jpg.jpeg
बुटवल । संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी भएको बताएका छन्  । नेम्वाङले संविधानसभामा ९० प्रतिशतभन्दा धेरैको सहमतिमा अनुमोदनबाट बनेको संविधानका विरुद्ध छरिएका अनावश्यक भ्रमहरु चिर्न अब सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा पनि जोड दिए । 
 
नेकपा (एमाले) रुपन्देही ४ नं क्षेत्रीय कमिटीको आज बुटवलमा भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै एमाले स्थायी समिति सदस्यसमेत रहेका नेम्वाङले संविधानको कार्यान्वयन गर्दै समृद्ध मुलुक निर्माणमा केन्द्रित हुन सबैलाई आह्वान गरे । 
 
नेम्वाङले पाँच वर्ष आठ महिनाको निरन्तरका छलफल, संवाद र पहलकदमीबाट बनाएको संविधानलाई कुनै देशको संसद् बैठकमै वरिष्ठ मन्त्रीले भ्रम छर्ने काम गरेको बताए । संविधान जारी भएयताको अवधिमा तराईका २० जिल्लामा मात्रै दुई हजारभन्दा धेरै भारतीय चेलीले नेपालको अङ्गीकृत नागरिकता पाएको विवरण आफूलाई आएको पनि नेता नेम्वाङले प्रष्ट पारे । 
 
नेम्वाङले संविधानसभामा रहेका ३२ वटा दल र स्वतन्त्रसमेतका सभासद्को समझदारीमा बनेको संविधान राजनीतिक सहमति र समझदारीको साझा दस्तावेज भएको उल्लेख गरे। नेता नेम्वाङले यो संविधान विश्वकै समावेशी, लोकतान्त्रिक र लचिलो संविधान रहेको बताए । तर, संसारभरि चलेका कतिपय संवैधानिक प्रावधानलाई पनि नेपालका विरुद्ध अनावश्यक भ्रम सिर्जना गर्ने काम भएको भन्दै संविधानसभाका पूर्व अध्यक्षले विरोध गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ