- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनमा पनि नेपाली कांग्रेसलाई विजयी नगराए देशमा लोकतन्त्र धरापमा पर्ने बताएका छन् ।
आज कास्की क्षेत्र नम्बर २ मा पर्ने पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्य उद्घाटन गर्दै नेता पौडेलले अझै पनि जनताले नबुझेर अन्य पार्टीका उम्मेदवारलाई मत दिए लोकतन्त्र धरापमा पर्ने बताएका हुन् ।
उनले सरकार भ्रष्टाचारका विषयमा मुख नखोलेको र काम नगर्ने ठेकेदारलाई संरक्षण गर्न लागिपरेको भन्दै अबको उपनिर्वाचनमा पनि जनताले नेकपाका उम्मेदवारलाई मत दिए सरकारलाई भ्रष्टाचार गर्न मत दिएको ठहरिने बताए ।
नेता पौडेलले पोखरा महानगर पालिका१७ को सम्पर्क कार्यलय उद्द्घाटन कार्यक्रम र घरदैलो कार्यक्रममा सहभागी भएका थिए।