arrow

कांग्रेसले जिते वडावडामा मेयर सुझाव पुस्तिका

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
kishor-rai.jpg

धरान । धरानको मेयरमा नेपाली कांग्रेसका तिलक राईले जितेमा सम्पुर्ण वडा कार्यालयमा वडाबासीहरुको चासो, सुनासो सम्बोधन गर्न वडा कार्यालयहरुमा मेयर सुझाब पुस्तिका राख्ने नेपाली कांग्रेस धरानका पुर्व सभापति किशोर राइले बताएका छन । उनले चुनाबको मिति नजिकिए पछि कम्युनिष्टका नेता पैसा बोकेर मत किन्न आउन सक्लान भन्दै सजग पनि गराए ।

आइतवार धरान–१७ को सुनौला मार्गका स्थानियहरुको निमन्त्रणामा जन गुनासो टिपोट गर्न पुगेका किशोरले एक पटक नेपाली कांग्रेसको नेत्रित्व पाए नगरको बेथिति अन्त्य गराउने बताए । नगरले बढाएको कर र मुल्य बृद्धी नेपाली कांग्रेसले नियन्त्रण गर्ने किशोरले दाबि गरे ।

उनले नेपाली कांग्रेसको जुझारु र योग्य तिलक धराने ढिटो रहेकाले ऊ प्रति बढेको जन लहरले कम्युनिस्टको सातो गएको आरोप लगाए ।
सुनौलो मार्गका सन्देश भुजेल , इन्द्रमान श्रेष्ठले नगरपालीको बिकृती अन्त्य गर्न कांग्रेसको नेत्रित्ब खाँचो रहेको बताए ।

स्थानियबासीले पुर्व सभापती किशोर सहित , क्षेत्र नं १ सभापति सुरेशमान श्रेष्ठ , नेपाली कांग्रेस जिल्ला सदस्य अनिल थापा , तरुण दल सुनसरी उपसभापति सन्तोष बिक लगाएका नेतालाइ फुल माला लगाएर सम्मान समेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ