arrow

अयोध्या मुद्दाका न्यायाधीश नजीर र परिवारलाई ‘जेड’ सुरक्षा

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
ayodhaya-najir.jpg

काठमाडौं । अयोध्या मुद्दाको फैसला दिने बेन्चमा सामेल भएका न्यायाधीश एस अब्दुल नजीर उनको परिवारलाई नरेन्द्र मोदीको केन्द्र सरकारले ‘जेड’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको छ । 

खुफिया एजेन्सीले एफपीआई र अन्य संगठनबाट ज्यानको खतरा रहेको बताउँदै उनलाई सुरक्षा दिन लागिएको हो । नजीर अयोध्या मामलमा गठित पाँच सदस्यीय समितिका सदस्य थिए । गृहमन्त्रालयले केन्द्रीय रिजर्भ पुलिस फोर्स सीआरपीएफ र स्थानीय पुलिसलाई नजीर र उनका परिवारलाई सुरक्षा दिनका लागि निर्देशन दिइएको छ । 

सरकारले यसअघि ९ नोभेम्बरमा फैसला आउनु अघिनै सीजेआई गोगोईलाई ‘जेड प्लस’ सुरक्षा दिइएको थियो । 

के हो जेड सुरक्षा ? 
जेड सुरक्षा ठूलै सुरक्षा हो । जहाा अद्र्धसैनिक र पुलिसका करिब २२ जवान तैनाथ हुन्छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ