arrow

सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार, स्थिति झन् बिग्रियो 

logo
प्रकाशित २०७६ मंसिर २ सोमबार
hongkong-police-attack.jpg

काठमाडौं । हङकङको आन्दोलन मथ्थर हुने सम्भावना कम हुँदै गइरहेको छ । प्रहरीको दमन दिनानुदिन बढ्दै गएपछि आक्रोशित आन्दोलनकारीले प्रहरीमाथि नै पेट्रोल बम प्रहार गरेका छन् । 

उनीहरुले हङकङका विश्वविद्यालय र कलेज अगाडि भेला भएर ठाउँ–ठाउँमा आगजनीसमेत गरेका छन् । पोलिटेक्निक युनिभर्सिटीको प्रवेशद्धारमा भेला भएका प्रदर्शनकारीहरुले पेट्रोल बम प्रहार गरेपछि आगजनी भएको हो ।

एक प्रहरी अधिकारी घाइते भएका छन् । उनको गम्भीर अवस्थामा उपचार भइरहेको बीबीसीले लेखेको छ । स्थिति निन्यन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपकै क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

हङकङले चीनलाई अपराधका आरोप लागेकालाई सुपुर्दगी गर्ने विधेयकको विरोधमा उत्रिएका हङकङवासीको आन्दोलनपछि उक्त विधेयक फिर्ता भएर चीन पछाडि हटे पनि त्यसपछि लागेको लोकतन्त्रको नाराले अन्ततः गम्भीर मोड लिएको छ । 

आन्दोलनकारीहरुले सरकारको समेत आलोचना गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ