arrow

'धरान उपमहानगरको कार्यालय नेकपा नेताको आसेपासेलाई जागिर खुवाउने ठाँउ'

logo
प्रकाशित २०७६ मंसिर २ सोमबार
Arjun_mabuhang.jpg

धरान । नेपाली कांग्रेस सुनसरीका क्षेत्रिय तहका नेताहरुले कांग्रेस झुट बोल्ने पार्टी नरहेको दाबी गरेका छन । नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईको चुनाबी सभामा नेताहरुले सो कुरा बताएका हुन ।

धरान १६ को समिचौकमा आयोजना भएको चुनाबी सभामा बोल्दै सुनसरी क्षेत्र नं १ का सचिव मुरारी भट्टराईले केन्द्रदेखि धरानसम्मका कम्युनिष्टका नेताहरु झुट बोलेर जनता झुक्याउन माहिर भएको आरोप लगाए । २८ बर्षदेखि धरानलाई एकलौटी शासन गरेका कम्युनिष्टका बिरुद्धमा यसपालीको निर्वाचनमा परिवर्तनको पक्षमा नेपाली कांग्रेसका उम्‍मेदवार तिलक राईलाइ बिजय गराई धरानलाई समृद्ध बनाउन इटा स्वरुप एक एक भोट दिनु पर्ने बताए ।

उनले भने, 'धरान उपमहानगरपालीका कार्यालय अहिले कम्युनिष्ट नेताको आसेपासेलाई जागिर खाने ठाँउ भएको छ।' गरिब, सुकुम्बासी , सोझा धराने जनतालाई कम्युष्टिहरुले झुक्याएको  बताए । त्यस्तै अर्का क्षेत्रिय सचिब रमेश काफ्लेले धरानको बिकासमा नेपाली कांग्रेसको महत्वपूर्ण भुमिका रहेको बताए ।

 ००७ साल क्रान्ति, ०३६, ०४६ सालको आन्दोलन , ०६२-०६३ सालको जनआन्दोलनमा कांग्रेसको नेतृत्व र संविधान नेपाली कांगेसको सहभागिता र नेतृत्वमा जनताको मुक्तिकालागि काम गरेको धराने जनताले बुझ्नु पर्ने बताए । धरानकालागि कांग्रेसले बिपि प्रतिष्ठान , बिद्यालय, क्यापस जस्ता क्षेत्रहरु उपहार दिएकोले त्यो उपहारले धरानलाई समृद्धी दिएकाले अब कांग्रेसलाई भोट दिएर त्यो गुणतिर्नु पर्ने बेला आएको उनले बताए ।

वडा नं १६ का सचिब घिमिरेको संयोजकत्वमा भएको सभामा नेपाली कांग्रेसकाबाट बिजयी लाँलिगुरास नगरपालिका मेयर अर्जुन माबुहाङले देशभर कम्युनिष्ट सरकारले कर बढाएर जनतालाई दुःख दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ