arrow

कश्मीरमा हिम पहिरो, चार भारतीय सैनिकसहित छ जनाको मृत्यु

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
kashmir-glacier.jpg

काठमाडौं । भारतको कश्मीरस्थित शियाचिन क्षेत्रमा हिम पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर रहेको छ । 

भारतीय समाचार संस्था एएनआईका अनुसार हिम पहिरोमा परी चार भारतीय सैनिकसहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुने बाँकी दुई जना भरिया हुन् । गस्तीमा रहेको सुरक्षाकर्मीको टोली हिम पहिरोमा परेको बताइएको छ ।

भारतीय सेनाका अनुसार हिम पहिरोमा परेर गम्भीर घाइते भएकाहरुलाई हेलिकप्टरमा उद्दार गरी अस्पताल लगिएकामा ६ जनाको ज्यान गएको हो । एक जना गम्भीर छन् । 

स्थानीय समयअनुसार सोमबार दिउँसो ३ बजे भएको उक्त घटना सियाचिनको उत्तरी क्षेत्रमा १९ हजार फिटको उचाइमा आठ जना गस्तीदलमा सामेल रहेका थिए । 

आठै जनालाई हिउँमा पुरिएको अवस्थमा उद्दार गरिएको थियो । जसमा सात जनाको अवस्था गम्भीर थियो । 

हिमपहिरोले भारतीय केही अस्थायी चौकीमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ । 

सियाचिनलाई विश्वकै सबैभन्दा अग्लो क्षेत्रमा भएको युद्दक्षेत्र मानिन्छ जहाँ भारत र पाकिस्तानबीच निरन्तर युद्द भइरहने हुन्छ । 

त्यहाँको तापक्रम माइनस ६० डिग्री सेल्सियस भन्दा अझै कम हुने बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ