arrow

सुरक्षाकर्मी र गुन्डाहरुको भरमा नेकपा कार्यकर्ताद्धारा खोला दोहन, विरोधमा उत्रेका गाउँलेमाथि आक्रमण

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
udayapur-protest.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले सत्ता र शक्तिको बलमा कानुन उल्लंघन गर्दै खोलामा दहन गरेर गिट्टी बालुवासंगै काठ तस्करी गरेको खुलेको छ । 

उदयपुरको बेलका नगरपालिका ४ मा जंगलमा ब्रेकर हालेर उनीहरले चौबीसै घण्टा गिट्टी बालुवा तस्करी गरेको स्थानीयको आरोप छ । 

उक्त गिट्टी बालुवा तस्कर गरी भारततिर लैजाने गरिएको स्थानीयहरुको आरोप छ । केही स्थानीयले टिपरमा काठ पनि लुकाएर लगेको बताएका छन् । 

यसको विरोध गर्दै ६ दिनदेखि आन्दोलन गरिरहे पनि स्थानीय प्रशासन र प्रहरी प्रशासनले भने सुनेको छैन । 

प्रहरी प्रशासनसमेत उनीहरुकै साथमा रहेर स्थानीयमाथि आक्रमण गरिरहेको छ । 

लालबजारमा बन्द आब्हान गरी १५ सयको संख्यामा स्थानीयहरुले प्रदर्शन जारी राखेपनि प्रहरी प्रशासन नै उनीहरुतिर लागी समस्या समाधान गर्नुको सट्टा स्थानीयमाथि जाइलागेको बताएको छ । 

पीडित प्रेम अधिकारीका अनुसार दोस्रो दिन आन्दोलनकारीहरुमाथि गुन्डा जाइलागेका थिए । 

त्यस्तै सोमबार राति १२ः३० बजे प्रहरीसहितको टोलीले आक्रमण गरी अधिकारी सहित आधा दर्जन प्रदर्शनकारीलाई घाइते बनाएका छन् । 

अधिकारीले भने, मेरो हात र खुट्टा भाँचिदिएका छन् । म बिस्तारामै थला परेर बसेको छु । साथीहरु आन्दोलनमा छन् । केहीको टाउकोमा चोट लागेको छ ।’

मंगलबार बिहान फेरि आफूहरुमाथि आक्रमण गरिएको बताउँदै अधिकारीले प्रहरीले थुप्रै हवाइफायरसमेत गरेको जानकारी दिए । 

नगरपालिकाले ठेक्का लगाएर लगेको भनी तस्करीहरुले दावी गरे पनि नगरपालिकाको नक्कली अपूरो कागज देखाइएको अधिकारीले दावी गरेका छन् । 

प्रक्रिया नै पूरा नगरी स्थानीय प्रशासनले खोला बेचेको आरोप गाउँलेहरुले लगाएका छन् । २४ ऐ घण्टा सय बढी ट्रिपर, ब्रेकर लगायतको प्रयोग गरेर खोला दोहन भइरहेको छ । ब्रेकर खोलामै छ । 

४० करोड रुपैयाँ बढी रकमको हिनामिना गरी ४ करोड ५७ लाखको ठेक्का दिइएको भन्ने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ