arrow

चीनको खानीमा विस्फोट, पन्ध्रको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
coal-mining-generic.jpg

बेइजिङ्। चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचार अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन्।

सोमबार दिउसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए। अरु ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाई छ।

घाइतेहरुको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान सुरु गराईसकिएको अधिकारीहरुले जानकारी दिएका छन्। 

चीनमा खानीमा हुने यस्ता दुर्घटनाका घटना बेला बेलामा भइ नै रहने गरेको छ। खानीमा सुरक्षाको व्यवस्था अत्यन्त कमजोर रहेको जानकारहरु बताउछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ