arrow

सरिफलाई एयर एम्बुलेन्समार्फत लण्डन लगियो

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
nawaz_sarif.jpg

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत लगिएको छ। एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उनलाई बेलायतको राजधानी लण्डन लगिएको हो  । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उनलाई पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि उनलाई आफ्नै निवासमा अति सघन कक्ष (आइसियु) को व्यवस्था उपचार भइरहेको थियो ।

तर स्वदेशमा गरिएको उपचारबाट सन्तोषजनक सुधार नभएपछि उनलाई मङ्गलबार थप उपचारका लागि लण्डन लगिएको हो ।
जेल सजाय भोगिरहेका सरिफलाई जेल बाहिर निकालेर उपचार गर्न अदालतले आदेश दिएको थियो भने विदेश गएर उपचार गर्न सरकारले अनुमती दिएको थियो ।

तीन पटकसम्म देशको प्रधानमन्त्री हुनुभएका ६९ वर्षीय सरिफलाई रगतमा समस्या भएको चिकित्सकहरुले बताएका छन् । उहाँका चिकित्सकहरुका अनुसार सरिफले “जीवनसँग संघर्ष” गरिरहनु भएको छ । उनलाई उपचार गर्न विदेश जान दिने की नदिने भन्ने बारेमा लामो समयसम्म छलफल भएपछि सरकारले उनको अवस्था थप नाजुक हुदै गएकाले विदेश जान दिने अनुमति दिएको हो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ