arrow

कसले जलायो भैरहवामा चिनियाँ राष्ट्रपति सीको पुत्ला ?

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
xi-putla.jpg

भैरहवा । भैरहवामा केहि स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेका छन् । चीनले नेपाली भूमि मिचेको तथा सगरमाथाको सीमाना हडपेको आरोप लगाउँदै उनीहरूले चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका हुन् ।

राजनीतिक गतिविधीमा खासै नदेखिने आफूलाई स्वतन्त्र नेपालका स्वतन्त्र नागरिक भन्ने स्थानिय केहि युवाहरूले‘गो ब्याक चाइना प्रेसिडेन्ट, नेपाली भूमि फिर्ता गर लगायतका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

कृषी मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनले औंल्याएको  हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको नेपालको ३६ हेक्टर भूमि चीनले मिचेको भन्दै प्लेकार्ड प्रदर्शन गरेका थिए।

नापी शाखाले सबैभन्दा बढी सिन्धुपाल्चोकको खराने खोलास्थित ७ हेक्टर जमिन मिचिएको जनाएको छ । त्यसैगरी हुम्लाको भाङदारे खोलामा ६ हेक्टर जमिन हडपिएको नापी शाखाले जनाएको छ ।

हुम्लाको कर्णाली, सिन्धुपाल्चोकको भोटेकोसी र संखुवासभाको अरुण नदीमा ४र४ हेक्टर जमिन चीनले मिचेको प्रतिवेदनमा छ । यसबाहेक चीनले रसुवाको विभिन्न ४ स्थानमा ६ हेक्टर जमिन हडपेको प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदन अनुसार रसुवाको सन्जेन खोला क्षेत्रमा २ हेक्टर, भुर्जुग खोला क्षेत्रमा १ हेक्टर, लेम्दे खोला र जम्बु खोला गरी ३ हेक्टर जमिन मिचिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ