arrow

रगत दिएर बिरामी बचाउँदै सेना

logo
दयाराम पण्डित,
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
army-blood-donation.jpg

बाजुरा । बुढिनन्दा नगरपालिका वडा न. १० निवासी १४ वर्षिया तारा थापा सोमवार विहान अत्यधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन् । सोमबार  विहान एक्कासी  जिल्ला अस्पताल मार्तडीबाट फोन आयो,एक किशोरी अत्यधिक रक्क्त स्रावले छट्पटाई रहेकी छन् सर तपाईसंग कोही ब्लड ग्रुप मिल्ने आर्मी भए सहयोग गर्नु न ! हत्तपत्त मैले  ब्लड ग्रुप मिल्ने स्टाफ  छनौट गरें । ब्लडग्रुप मिल्ले सिपाही अहिमान सिं नेपालीले र  अमल्दार रेकम विसीले एक ÷एक  पिन्ट  ब्लड दिएर आए । फेरी फोन आयो हिमाली गाउँपालिका वडा नं ३ की धनकला गुरुङ्गलाई अत्यधिक रक्तश्रावले छट्पटाएकी छिन् , ब्लड ग्रुप मिल्ने भए सहयोग गर्नुपर्यो । समरजित गुल्मबाट हुदाँ  सुकमान घ्लानले एक  पिन्ट ब्लड दिएर आए । फेरी फोन आयो समरजित गुल्मका सहायक पण्डित हुदाँ तिलकराम पंगेनीले एक पिन्ट ब्लड दिए । दुईदिनमा चार सैनिकले रक्क्रदान गरेका छन् , सायद दुबै विरामीको ज्यान बच्न सक्छ ,  समरजित गुल्मका गुल्मपति रबिन श्रेष्ठले भने ।

केहीदिन अगाडि बुढिनन्दा नगरपालिका वडानं. ३ की तीस वर्षीया जावा दमाईलाई गुल्मपति श्रेष्ठ स्वयंले ए पोजेटिभ समुहको रक्त दानगरी उनको ज्यान बचाएका थिए ।  गत साउन देखि आज सम्म ६ जना ब्लड कमी भएका विरामीलाई आर्मीको रक्तदान सहयोगबाट विरामीलाई सहयोग गर्न पाईयो, खुशी छु गुल्मपति श्रेष्ठले भने ।  सामान्यतया बाजुराका सर्वसाधारणहरु भने  ब्लड डोनेशन गर्न मान्दा रहेनछन् । ब्लड चाहिपछि नेपाल आर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई गुर्हाछन् । मानवीय दृष्टीले सहयोग गरिहेका छौं गुल्मपति श्रेष्ठले जानकारी दिए।

बाजुरामा बिशेषगरी रक्त अल्पत्ता, ब्लड क्यान्सर ,घाउ चोटपटक, गर्वाअवस्थामा अत्यधिक रक्तश्राव ,  महिनावारीमा बढी रक्तश्रावका विरामी आउँछन् । तर सर्वसाधारणलाई रक्तदान गर्नुपर्छ भन्ने जानकारी छैन जिल्ला अस्पाताल बाजुराका डाक्टर रोहित गिरीले भने । समामान्यताया ९० देखि  देखि १२० दिन सम्म  राता रक्तकोषहरुको आयु हुन्छ । त्यसपछि रगत दिएपनि नदिएपनि राता रक्तकोषहरु मरेर जानेभएकाले रगत दान गर्नु रक्तदान गर्ने ब्यक्तीका लागि समेत स्वस्थकर हुने कुरा  डाक्टर रोहितले भने ।

गत साउन देखि हाल सम्म  २५ पिन्ट भन्दा बढि तत्काल रगत संकलन गरेर विरामीको ज्यान वचाएको नेपाल रेडक्रस जिल्ला शाखा बाजुराका ल्याब असिष्टेन्ट जगतवहादुर शाहीले भने । हामी संग ब्लड बैंक छैन । मान्छे बोलाएर रगत गुरुपिङ्ग र म्याचिङ्ग गर्दा कम्तीा एक घण्टा लाग्छ । सामाजिक विकास मन्त्रालयले  एउटा फ्रिज उपलब्ध गराएको छ । त्योपनि ईन्सटल गर्ने प्राविधिक नआएर प्रयोग विहिन छ। फ्रिज जडान भए कम्तीमा ३५ दिन सम्म ब्लड राख्न सकिन्थ्यो अशिष्टेन्ट शाहीले भने ।

नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखामा ब्लड बैंकको उपयुक्त ब्यबस्थापन हुन नसक्दा जिल्ला अस्पतालमा आईरहने यस्ता विरामीहरुको ज्यान बचाउनका लागि नेपाली सेनाको हाल सम्म प्रयाप्त सहयो रहेको कुरा जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ