arrow

वडाध्यक्ष मृत भेटिए

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
dead2.jpg

बैतडी ।बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको बुधबार बिहान निधन भएको छ । अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए।

गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द बुधबार बिहान मृत फेला परेका हुन् ।

प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ