arrow

अमिताभको काखमा रहेकी यी बालिका को हुन् ?

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
kareena-amitab.jpg

अमिताभ बच्चन फिल्म बाहेक, सोशल मीडियामा पनि धेरै सक्रिय छन्। उनी प्राय आफ्ना प्रशंसकहरूका लागि पुराना तस्विरहरू शेयर गर्दछन्। साथै प्रशंसकहरूका प्रश्नहरूको उत्तर पनि दिन्छन्। हालै, एक फ्यानले अमिताभ बच्चनलाई ट्याग गर्दै उनको पुरानो फोटो शेयर गरे।

सो तस्विरमा अमिताभको वरिपरि धेरै बच्चाहरू देखिएका छन्। साथै उनको काखमा एक बालिका पनि छिन्। फ्यानले अमिताभलाई ट्याग गर्दै सोधे उनको काखमा रहेकी बालिका को हुन् । यसपछि, अमितभले फ्यानको प्रश्नको उत्तर दिए। अमिताभले भने,' यी 'बेबो' अर्थात् करीना कपूर हुन्।'

सो सादा तस्विरमा श्वेता बच्चन र करिश्मा कपूर पनि देखिन्छन्। अमिताभ बच्चनले केही समय अघि फिल्म 'पुकार' को सेटको पुरानो तस्वीर शेयर गरेका थिए। सो तस्विरमा पनि उनी करीना कपूरसँग देखिएका थिए। पुकारको सुटिङको क्रममा करीना आफ्नो बुबा रणधीर कपूरसँग फिल्मको सेटहरूमा जाने गर्थिइन्।

फोटो शेयर गरेर अमिताभले भनेका थिए, 'करीना आफ्नो बुबासँग सेटमा आउँथिइन् । यो सेट गोवाको हो । उनको खुट्टामा चोट लागेको थियो। यसपछि, मैले उनलाई औषधि लगाइदिए।'

करीनाले अभिषेक बच्चनसँग फिल्म 'रिफ्यूजी' मा काम गरेकी थिइन् । यो दुईको पहिलो फिल्म थियो। साथै करीनाले अमिताभ बच्चनसँग धेरै फिल्महरूमा पनि काम गरिसकेकी छन्। यसमा 'कभी खुशी कभी गम', 'देव' र 'सत्याग्रह' जस्ता फिल्महरू सामेल छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ