arrow

सिमाना अतिक्रमण विरुद्ध उत्रिएका ६ जना विप्लव कार्यकर्ता दार्चुलाबाट पक्राउ

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ मंसिर १० मंगलबार
arrest-final.jpeg

दार्चुला। नेपाली भुमिलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको भन्दै विरोधमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ६ जना कार्यकर्ता दार्चुलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेलधुराको भागेश्वर गाउँपालिका ६ का २२ वर्षीय ललित सार्की, पर्शुराम नगरपालिका ५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुंगल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर तथा खप्तड छान्ना गाउँपालिका ८ का २५ वर्षीय सुभाष जोशी छन् ।

यस्तै दार्चुलाको मार्मा गाउँपालिका ४ का १९ वर्षीय धनसिंह धामी र बाजुराको बुढीगंगा नगरपालिका १० का २१ वर्षीय दीपक रावत रहेका छन् ।

उनीहरुलाई मंगलबार विहान विशेष सुचनाका आधारमा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । बिहान ९ बजे खुलामञ्चमा कार्यक्रम गर्ने तयारी भइरहेको सूचनाका आधारमा उनीहरूलाई महेन्द्र नमुना मावि खलंगाको गेट, बसपार्क र राति बसेको होटलबाट पक्राउ गरिएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट रातो झण्डा, पर्चा र सहयोग रसिद बरामद गरिएको जनाएको छ । ‘भारतीय बिस्तारवाद मूर्दावाद, आइ लभ नेपाल’, नरेन्द्र मोदी मूर्दावाद, कालापानी हाम्रो हो’, लगायत लेखेका पर्चा फेला पारेको जोशीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ