arrow

विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट हिँडेका पाँच सय बढी जन्ती जनकपुरमा 

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
bibaha-mohatsav.jpg

जनकपुरधाम । रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट हिँडेका जन्तीहरु बुधबार जनकपुर आइपुगेका छन् । विवाह महोत्सवमा सरिक हुन मंसिर ५ गते अयोध्याबाट हिँडका जन्ती बुधबार साँझ जनकपुर आइपुगेका हुन् । 

हरेक पाँच वर्षपछि विवाहोत्सवमा विशेष जन्ती आउने परम्पराअनुसार अयोध्याबाट पाँच सयभन्दा बढीको संख्यामा साधुसन्तहरु जनकपुर आइपुगेका हुन् ।

साधुसन्तको रुपमा आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जनकपुरको बाह्रबिघा मैदानमा एक कार्यक्रमका बीच स्वागत गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ