arrow

विदेश यात्राको क्रममा विमान होल्ड भए यसो गर्छन् मोदी

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
modi-airport.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेश यात्राको क्रममा विमान प्राविधिक होल्ड भए  होटेल बुक गराउदैनन् । उनी एयरपोर्टको लाउन्जमा नै आराम गर्छन्। यसभन्दा पहिले, प्रोटोकलका अनुसार प्राविधिक होल्डको क्रममा प्रधानमन्त्रीलाई बस्न होटल बुक गरिएको थियो।

प्रधानमन्त्री मोदी आफ्नो लामो विदेश यात्राको क्रममा अन्य प्रतिष्ठित व्यक्तिहरूका लागि पनि कडा मापदण्ड बनाएका छन् । यसको जानकारी गृहमन्त्री अमित शाहले लोकसभामा छलफलको क्रममा दिएका छन्।

स्पेशल प्रोटेक्शन ग्रुप (एसपीजी) संशोधन विधेयकमाथिको छलफलको क्रममा अमित शाहले भनेका छन्,' आजसम्म प्रधानमन्त्री मोदीले कुनै पनि देशमा भएको टेक्निकल होल्डका क्रममा आफ्नो लागि होटल बुक गर्न निर्देशन दिनुभएन।'

मोदी एयरपोर्टमा नै बस्छन्, स्नान गर्छन् र हवाईजहाजमा इन्धन भरिएपछि निस्क्ने गरेका छन् ।  साथै मोदीले उनीसँग विदेश जाने स्टाफहरुको संख्यामा २० प्रतिशतले घटाएका छन्। यस बाहेक प्रधानमन्त्रीका कर्मचारीका लागि यसभन्दा अघि छुट्टै गाडीको व्यवस्था गरिएको थियो तर पीएम मोदीले यसमा परिवर्तन गरेका छन्।

लामो दूरीको हवाई यात्राको क्रममा विमानमा इन्धन भर्न वा टेक्निकल निरीक्षणको लागि रोकिनुलाई टेक्निकल होल्ड भनिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ