arrow

सालक देखेर मधेशका स्थानीय छक्क, भन्छन्- मुख भालुको, छाला गोही जस्तो

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
salak2.jpg

सिरहा । सिरहाको सुखीपुर नगरपालिकामा अनौठो जनावर भेटिएको भन्दै हेर्नेको घुइँचो लाग्यो ।  सिरहाको सुखीपुर नगरपालिका १० बस्ने कारी साहको घर नजिकै रहेको  बारीमा बुधवार सालक भेटिएको थियो । पहाडमा पाइने सलाक तराईका बासीले नदेखेको हुनाले हेर्न स्थानीयहरुको भिड लागेको हो ।

'झट्ट हेर्दा यो जीव अनौठो, तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थाहा नभएको र नियालेर हेर्दा भालु प्रजाति जस्तो देखिन्छ ।' स्थानीय राम यादवले भने,'  रौँ हेर्दा गोही जस्तो देखिन्छ । तर यो जिव भालु र गोही मध्ये कुनै पनि होईन । यो अचम्मको जीव रहेछ ।'

हेर्न जाने मान्छेको भिड लागेपछि सालकलाई ईलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका स्थानीय  युवा नेता सरोज यादवले जानकारी दिए। जनावर ईलाका प्रहरी कार्यालय सुखीपुरको जिम्मा लगाएको र समयमै बन्यजन्तु केन्द्रमा पठाउने उनले बताए ।

विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञ बताउँछन्।

२ हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन । तर, ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ। राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ। कतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।

सरकारले यसको व्यापार व्यवसायलाई दण्डनीय बनाएको छ । आईयूसीएनले सालकलाई जोखिमपूर्ण र लोपोन्मुखजीवको सूचीमा राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ