arrow

पूर्व वडाध्यक्षको निधन, तमोरमा चारतारे झण्डा ओढाएर अन्त्येष्टि

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
shrestha.JPG

धनकुटा । धनकुटाका वरिष्ठ समाजसेवी तथा नेपाली कांग्रेस धनकुटाका नेता नेत्र वहादुर श्रेष्ठको बिहिबार धनकुटाको मुलघाट स्थित तमोर नदीमा चारतारे झण्डा ओढाई अन्त्यष्टि गरिएको छ ।

नेपाली कांग्रेस धनकुटका पूर्व जिल्ला सदस्य तथा धनकुटा नगरपालिका वडा नं. ७ का पूर्व वडाध्यक्ष नेत्र वहादुर श्रेष्ठको पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटका उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राईलगायतले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिई सम्मान गरेका थिए।

९३ बर्षको उमेरमा बुधबार आफ्नै निवास धनकुटा ७ मा असमायिक निधन भएका समाजसेवी तथा नेपाली कांग्रेस धनकुटका नेता नेत्र वहादुर श्रेष्ठको धर्मपत्नी शान्ति श्रेष्ठ, छोराहरु सुधन श्रेष्ठ,सजल श्रेष्ठ र छोरीहरु ममता श्रेष्ठ र लता श्रेष्ठ छन् ।

 समाजसेवीश्रेष्ठले नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य ,वडा सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरी धनकुटा नगरपालिकाको वडाध्यक्षमा समेत २०४९ निर्वाचित भै वडा र धनकुटाको नगरपालिकाको विकास र समृद्धीका लागी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ