arrow

शनिबारको उपनिर्वाचनका लागि प्रक्रिया पूरा, निर्वाचन आयुक्तद्धारा मतदान केन्द्रको अनुगमन    

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
election-commission.jpg.jpeg

भक्तपुर । मङ्सिर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरिएको छ ।     
     
निर्वाचन आयुक्त नरेन्द्र दाहालले यहाँका विभिन्न मतदानस्थलको बिहीबार साँझ अनुगमन गरेका छन् । उनले भक्तपुर नगरपालिका–१० मा पाँच वटा मतदान केन्द्र रहेको सरस्वती विद्यागृह मावि नवदुर्गा स्थानको मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका हुन् ।      
     
 त्यसैगरी उनले मतगणनास्थल विद्युत् प्राधिकरण तालीम केन्द्र खरीपाटीको समेत अनुगमन गरेका थिए । सो अवसरमा आयुक्त दाहालले स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाउन मतदान केन्द्रमा खटिएका सबै कर्मचारीलाई निर्देशन दिए ।     
     
 मतगणनास्थलमा पनि सबैको नियमानुसार सहज प्रवेश तथा सूचना सम्प्रेषणको लागि सञ्चारमाध्यमलाई विशेष स्थान दिनुपर्नेमा उनले जोड दिए ।     
     
 प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधान र जिल्ला निर्वाचन अधिकारी घमचन्द्र तिम्सिनाले सुरक्षा व्यवस्था मजबुत भएको जानकारी गराएका थिए । 
     
 सबै मतदान केन्द्रमा मतदान अधिकृत आआफ्नो मतदान केन्द्रमा पुगिसकेको र सर्वदलीय बैठक राखी मतदाता परिचयपत्रसमेत वितरण गरिएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बझ्ने कार्यक्रम छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ