समय नपुग्दै चिरिन्छन् आमाको कोख
प्रकाशित मिति : २०७२ चैत २९ सोमबार
काठमाडौं। सर्वोच्च अदालतले सरोगेसी सेवामा रोक लगाएपछि सरकारले गर्भमा रहेका र जन्मिसकेका शिशुको भविष्यबारे निर्णय गरिसकेको छ तर अस्पतालले समय नपुग्दै शल्यक्रियाको जोखिम उठाइरहेका छन्। नागरिक दैनिकमा समाचार छ।
अस्पतालले बच्चा जन्मिने परिपक्व समय नपुग्दै शल्यक्रिया गरेर सरोगेट दम्पतीलाई शिशु बुझाउन थालेका छन्। उनीहरुले गर्भाधान भएको सात महिना नपुग्दै सम्बन्धित सरोगेट आमाको गर्भबाट शिशु निकालेर हस्तान्तरण गर्न लागेका हुन्।
एक अष्ट्रेलियन दम्पतीले एक भारतीइ महिलामा २०७२ साउन ३ गते भ्रूढा प्रत्यारोपण गरेको थियो। काठमाडौं प्रमुख सरोगेसी सेवाप्रदायक अस्पताल ग्रान्डी सिटी क्लिनिकले २०७२ माघ १४ मा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु जन्माएको छ जुन गर्भ रहेको ६ महिना ७ दिन मात्र हो। अर्को एक अस्ट्रेलियन जोडीले २०७२ साउन १७ गते भारतीय आमासँग कोखा भाडामा लिएकोमा त्यही अस्पतालबाट सातौ महिनामा शल्यक्रियाबाट शिशु जन्माइएको थियो।
गृह मन्त्रालय र अध्यागमन विमागले गत कात्तिक १२ मा जन्मिसकेका र सर्वोच्चले आदेश दिनअघि गर्भवती भइसकेका सरोगेट आमाबाट भविष्यमा जन्मने शिशुलाई विदेशी दम्पतीले घर लैजान पाने निर्णय गरे। अदालतको निर्णयअघि गर्भाधान भएका आमाहरुको हकमा ९ महिनासम्म पर्खिने निर्णयसमेत भएको थियो।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">