arrow

जन्मभूमि सम्झदै जापान बस्नेहरु

logo
जीवन शर्मा,
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
sayog_photo.jpg

ओखलढुंगा । व्यक्तिगत करिअर निर्माण र आर्थिक उपार्जन गर्नका लागि विदेशिएका नेपालीहरुले पछिल्लो समयमा जन्मभूमिलाई सम्झन थालेका छन् । जिवनमा केही आर्थिक उपार्जन गर्नु पर्छ र मात्रै समाजमा योगदान गर्न सकिन्छ भन्ने भावका साथ विदेशिएका नेपालीहरुले कयौं दुख कष्ट खेपेरपनि जन्मभूमिलाइ सम्झदै असाहय र विपन्न नागरिकलाई सहयोग गर्न थालेका हुन् ।

ओखलढुंगा सेवा समाज जापानले ब्लड प्रेसर बाट पिडित ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ३ निवासी सन्तुमाया राई लाई ५४ हजार रुपौंया सहयोग गरेको छ ।

केही दिन अघि प्रेसरले हानेर ढलाएपछि राई लाई अचेत अवस्थामा हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको थियो । राईको हाल दिर्घायु अस्पताल चावहिलमा उपचार भैरहेको छ । उनको उपचार सहयोगार्थ पठाएको ५४ हजार रकम नेपाली कांग्रेस ओखलढुंगाका उपसभापति तेजेन्द्र खनालले विहिबार विरामीलाई हस्तान्तरण गरे । प्राप्त रकम हस्तान्तरण गर्दै उपसभापति खनालले विदेशमा रहेर ओखलढुंगाका नागरिकको दुखमा साथ दिने सहयोगि मनहरुलाई हार्दीक आभार व्यक्त गरेका छन् । नेपाल र विशेष गरी ओखलढुंगाका नागरिकलाई जुन खालको सहयोग गर्ने प्रतिवद्धताका साथ ओखलढुंगा सेवा समाज जापानले काम सुरु गरेको छ त्यो नै जिल्लाका लागि ठुलो सहयोग हुने खनालले बताए ।

 सन्तुमायाको उपचारार्थ सहयोग गर्ने जापान निवासी ओखलढुंगेहरुमा सोभा माया राई १०, हजार, नासीब राई १० हजार, यूनीसा राई ६ हजार,  सागर राई ५ हजार,सन्तोष बानिया ३ हजार, बिमल कार्की २ हजार, बिष्णु चौलगाई २ हजार, सीमा के सी ३ हजार, आरोहि घिमिरे २ हजार, नबराज  गुरुङ ३ हजार, राजन तिमिल्सिना २ हजार, धन थापा २ हजार, राजेश खत्री २ हजार, र फणिन्द्र पोखरेल २ हजार, हरेका छन् । आफ्नो जन्मभूमिमा रहेर दुख पाएका विभिन्न विरामी तथा  विपन्न, असाहयहरुलाई सहयोग गर्ने संस्थाको उद्देश्य रहेको ओखलढुंगा सेवा समाज जापानका अध्यक्ष सन्तोष बाँनीयाले बताए ।

जापानमा बसोबास गर्ने नेपालीहरुले सेवा समाज स्थापना गरेर जापान र नेपालमा जो कोही लाई दुख पर्दा सहयोग गर्ने उद्देश्य राखेको उनको भनाइ छ । यस संस्थाले नेपाल मात्र नभएर जापान मा हूने सदस्य लाईं समेत दुःख पर्दा सहयोग गर्न सक्ने बाँनीयाले जानकारी दिए । जापान बस्ने नेपालीहरुले व्यत्तिगत रुपमा संस्थामा जम्म गरेको रकमबाट आर्थिक समस्या  समाधान  लागी ठुलो सहयोग पुग्ने समाजका सदस्य नासिव राइले बताए । उनिहरुले ओखलढुंगा सेभिङ एण्ड क्रेडिट फइनान्सको समेत स्थापना गरेका छन् । सहकारीको नियम अनुसार जिल्लाका दुखीत पिडित नागरिकको आर्थिक समस्या समाधानमा लागिपर्ने अध्यक्ष बाँनीयाको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ