arrow

कास्कीको डिएसपीको सरुवामा कांग्रेसले भन्यो, 'नेकपालाई जनतामा भन्दा खल्तीको प्रहरीमा विश्वास'

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
Nepal-Police-new-tt.png

पोखरा । सत्तारुढ नेकपाको दवावमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) कमल शाहको सरुवा गरेका छन् ।

एसपी कार्कीले कास्की क्षेत्र नम्बर २ को मतदान हुनुभन्दा २ दिन अगाडि पोखराको बैदामका प्रहरी प्रमुख डीएसपी शाहलाई सरुवा गरेका छन्।

एसपी कार्कीले डीएसपी शाहलाई साग खेलका लागि खटाएका छन् । निर्वाचनको अवधिभरि डीएसपी शाहले निस्पक्ष रुपमा निर्वाचनको सुरक्षा दिएकोमा अन्य दलले पनि उनको सह्राना गर्दै आएका थिए। निर्वाचनको दुई दिन अघी निर्वाचन गतिविधीमा संलग्न हुन नपाउने गरि शाहको सरुवा गरिएको हो ।

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीले डीएसपी शाहलाई साग गेमको सुरक्षाका लागि खटाइएको जानकारी दिए । कार्कीले भने, ‘डीएसपी शाहलाई साग गेमका खटाइएको छ । जनशक्ति कम भएको ठाउँमा अरुलाई पनि खटाइएको छ ।’

शाहको स्थानमा बिहीबार नै पर्वतबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका डीएसपी विनोद सुवेदीलाई ल्याएको छ ।

मतदानको दुई दिन अगाडि डीएसपीको सरुवा गरिएपछि नेपाली कांग्रेसले विरोध जनाउँदै सत्तारुढ नेकपालाई जनतामा भन्दा खल्तीको प्रहरीको डण्डामा बढी बिश्वास देखिएको जनाएको छ ।

शनिबार हुने निर्वाचनको प्रचार प्रसारका लागि मौन अवधि शुरु भइसकेको अवस्थामा सरकारले निर्वाचन आयोगको आचार संहिता विपरित निर्वाचन हुन लागेको क्षेत्रको प्रहरी प्रमुख डीएसपीको सरुवालाई लिएर कांग्रेस कास्कीका सभापति कृष्ण केसीले डीएसपी सरुवाको विषयमा आक्रोश पोख्दै नेकपालाई जनतामा भन्दा खल्तीको प्रहरीसँग ज्यादा भरोसा रहेको बताए। उनले निर्वाचनलाई प्रभावित पार्न आचार संहिता विपरित सुरक्षा निकायका अधिकारीको सरुवा गरेको आरोप लगाएका छन् ।

केही महिना अघिमात्रै कास्कीको बैदामस्थित प्रहरी कार्यालयमा सरुवा भएका डीएसपी शाहलाई अचानक हटाएको विषयमा निर्वाचन आयोग भने मौन रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ