arrow

चुनावको अघिल्लो रात पोखरामा पनि कांग्रेसले नियन्त्रणमा लियो चामलको ट्रक

प्रहरीलाई बुझाइयो चामलको ट्रक

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
Guru-baral-rice-truck.jpeg

पोखरा। शनिवार हुन लागेको चुनावका मतदातालाई प्रभावित पार्न लगिएको आशंकामा चामलको बोरा बोकेर निर्मलपोखरीतर्फ जाँदै गरेको ट्रकलाई काँग्रेसका नेता तथा कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।

चामलको बोरा बोकेर जाँदै गरेको ग १ च १३६० नम्बरको ट्रकलाई उनीहरुले नियन्त्रणमा लिएका हुन् ।

निर्वाचनमा मतदातालाई प्रभाव पार्नका लागि चामल बाँड्न लगिएको काँग्रेस नेता गुरु बरालको आरोप छ।

नेकपाका नेता कार्यकर्ताले चुनाव भएको ठाउँमा मतदाता प्रभावित गर्न नगद, जिन्सी र आश्वासन दिदै आएको सार्वजनिक भइरहँदा शनिवार हुने उपनिर्वाचनलाई लक्षित गरी यस्ता गतिविधि भएको उनले आशंका व्यक्त गरे।

‘ट्रक देखेपछि बाटोमा चेक गरियो । रोकेका छौं । अगाडी अज्ञात मान्छे थिए,’ बरालले भने, ‘नियन्त्रणमा लिएर जनचेतन स्कुलको प्राङ्गणभित्र राखेका थियौं । अहिले ट्रक प्रहरीको नियन्त्रणमा छ । '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ