arrow

सर्लाहीको हरिपूर्वा १ को कार्यालय नजिकै फेला परेको वम सेनाले पार्‍यो निष्क्रिय

logo
प्रकाशित २०७६ मंसिर १४ शनिबार
bomb1.jpg

हरिपूर्वा। उपनिर्वाचन अन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिका वडा न १ मा वडाध्यक्षका लागि भइरहेको मतदानस्थल नजिक फेला परेको शक्तिशाली बम सेनाले निष्क्रिय पारेको छ ।

वडा नंं १ को कार्यालयस्थित मतदान स्थलबाट करिब साढे ३ सय मिटर उत्तर पानीखाने लोटा भित्र बम राखिएको थियो । लोटाबाट तार निकालेर मोबाईलमा जोडिएको अबस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोबाईलमा बिहान ८ बजेर ५ मिनेटको समयमा विष्फोट हुने समय समेत मिलाईएको सुरक्षा स्रोतले जनायो ।

सुरक्षा स्रोतका अनुसार फेला परेको बममा पिईके बिस्फोटक पदार्थ भरिएको थियो । बिष्फोट हुनुभन्दा अगाडी नै स्थानीयले बम देखेपछि नेपाली सेना रणशेर गणबाट आएको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो । उक्त बम राती नै राखिएको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ