arrow

पाँचथरमा अहिलेसम्म ६३.९१ प्रतिशत मत खस्यो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ मंसिर १४ शनिबार
panchthar-district1.png

पाँचथर। उपनिर्वाचन भइरहेको पाँचथरको तिन वटै निर्वाचन क्षेत्रमा अहिले सम्म ६३.९१ प्रतिशत मत खसेको छ। अपराहन्ह ३.४० बजेको समय सम्ममा फिदिम नगरपालिका वडा नम्बर १ मा ६२.८७ प्रतिशत(२,३११) हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा ६३.७३ प्रतिशत (१,६५७) र फाल्गुनन्द गाउँपालिकामा ६४.१७ प्रतिशत मत झरेको मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईले बताए।

तिनै निर्वाचन क्षेत्रमा गरी अहिलेसम्म १४ हजार ६ सय ५ जना मतदाताले मत लगाएका छन्। जसमध्ये ५ हजार ३ सय ५० पुरुष र ५ हजार २ सय ८७ महिला रहेका छन्। तिनवटै क्षेत्रमा २२ हजार ८ सय ५३ मतदाता रहेका छन्। अहिलेसम्म सवै निर्वाचन क्षेत्रमा गरी १४ हजार ६ सय ५ मत खसेको छ।

जिल्लामा १७ मतदान स्थल तोकिएको छ। पाँचथरमा मात्रै ३१ मतदान केन्द्र तोकिएको छ। जसमा १२ मतदान स्थललाई अति संवेदनशील, ३ वटालाई संवेदनशील र २ वटालाई सामान्य भन्दै सुचिकृत गरिएको छ। जिल्लामा ९ दलका २१ उम्मेद्वारले प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्लामा फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि उप–निर्वाचन हुँदैछ।

तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ। निर्वाचन हुने क्षेत्र मध्ये फिदिम १ मा ३ हजार ६ सय ७६ जना मतदाता छन भने हिलिहाङ ७ मा २ हजार ६ सय मतदाता छन्। त्यस्तै फाल्गुनन्द गाउँपालिकामा १६ हजार ५ सय ७७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

पाँचथरमा नेपाली काग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संघीय समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च सहितका दलहरु बिच प्रतिश्पर्धा हुँदैछ। तिनै निर्वाचन हुने क्षेत्रमा सत्तारुढ दल नेकपा र नेपाली काग्रेसको कडा प्रतिस्पर्धा देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ