arrow

कञ्चनपुरको पुनर्वास र रोल्पाको थवाङमा नेकपाका वडाध्यक्ष विजयी

logo
प्रकाशित २०७६ मंसिर १४ शनिबार
Nekapa-Samyukta.png.png

काठमाडौं। शनिवार भएको उपचुनावको नतिजा आउन थालेको छ। थोरै मतदान भएको ठाउँको मत परिणाम आउन थालेको छ। कञ्चनपुरको पुनर्वास र रोल्पाको थवाङको नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार दुवै ठाउँमा नेकपाका वडाध्यक्ष विजयी भएका छन्। 

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन् ।

तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए । कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ ।

रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेकपा नै विजयी भएको छ । नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेको सो वडामा अहिले भने नेकपाका जनकबहादुर बुढामगर १७४ मत ल्याएर वडाध्यक्षमा विजयी भए। 

कुल मतदाता १२८४ रहेकोमा २०९ मत अर्थात १६.४ प्रतिशत मात्रै खसेको थियो । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत पाए।

नेत्रविक्रम चन्द समूहका पूर्व वडाध्यक्ष फर्कबहादुरको निधनपछि उपनिर्वाचन भएको हो। यसपटकको चुनाव विप्लव समूहले बहिस्कार गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ