arrow

नेकपाले जितेको अर्घाखाँचीको मालारानी ३मा कांग्रेसका खनाल विजयी

logo
घनश्याम पौडेल।
प्रकाशित २०७६ मंसिर १४ शनिबार
shobhakar-khanal-malarani.jpg

अर्घाखाँची। अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् ।

कांग्रेसका उम्मेदवारले ११५९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपाका उम्मेदवारले १०५३ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा पहिले तत्कालिन एमालेका जीवन चौहानले जितेका थिए । उनको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

गत स्थानिय निर्वाचनमा पनि ३६ मतले पराजय भएका खनाल यो पटक भने १०६ मतले विजयी भएका हुन्। 

यो क्षेत्र तत्कालिन एमालेको गढ मानिन्थ्यो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ