arrow

खोटाङ, लमजुङ र बाजुराका वडामा नेकपा विजयी

सर्लाहीको हरिपूर्वा १ मा समाजवादी विजयी

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
Nekapa-Samyukta.png.png

काठमाडौं। सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा समाजवादी पार्टी नेपालका उमेदवार विजयी भएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालका उम्मेदवार श्यामबाबु राय विजयी भएका हुन् ।

३ सय ४७ मत ल्याएर श्यामबाबु विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।आफ्ना निकटम प्रतिद्वन्दीलाई १९ मतले पछि पार्दै श्यामबाबु विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल राजपाका उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत प्राप्त गरे ।

उता खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।शनिबार राति सम्पन्न मत गणना अनुसार कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई १७ मतले पछि पार्दै नेकपाका उम्मेदवार शिवकला राई वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।

खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ मत र शुक्रले ३७४ पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समाजवादीका रमेश राईले १५ मत र राप्रपाका इन्द्रबहादुर खड्काले १ मत मात्र पाएका छन्।

तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत बैसाख ९ गते मृत्यु भएपछि रिक्त स्थानमा वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो ।

वडाध्यक्षमा विजयी शिवकला स्वर्गीय मणीकुमारका श्रीमती हुन्। खिदिमामा कुल मतदाता १ हजार ३०३ मध्ये ५०५ मत नखसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पनि नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत पाए। निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४८२ मत पाएका छन् ।

बाजुराको त्रिवेणी नगरपालिका १ छताराको उप निर्वाचन मत गणनाको अन्तिम परिणाम अनुसार नेकपाका मनराजे बुढा ३६७ले मत ल्याई निर्वाचित भएका छन्। उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका खगेन्द्र चदाराले ३४७ ल्याएका छन्। राप्रपा मीन नेपाली २ र बदर ११ रहेको छ। जम मतदाता संख्या १०३९  रहेकोमा ७२७ मत खसेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ