arrow

कास्की २ : खेमराजभन्दा दोब्बर मतले विद्या अगाडि

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
bidhya-kaski-ncp.jpg

पोखरा ।  प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका प्रतिपर्धी खेमराज पौडेलभन्दा दोब्बर मतले अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि छन् । भने नेपाली कांग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाएका छन् ।

सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिको वडा नं ३३, २१, १७ र २० को मतगणना सम्पन्न भइसकेको छ र यतिखेर वडा नं ४ र १६ को मतगणना शुरु भएको छ ।

सो क्षेत्रमा ४५ हजार ५७९ मत खसेकोमा अहिलेसम्म ती चार वडाका गरी १९ हजार ३१ मतको गणना भइसकेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमलेले विद्यालाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिइसकेका छन् ।  पार्टी उठाएको उम्मेदवार विद्या भट्टराईमा मन्त्री बनेर विकास गर्न सक्ने क्षमता रहेको चर्चा गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ