arrow

रामजानकी विवाहमा विशेष सुरक्षा व्यवस्था, आकाशबाट पनि निगरानी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर १५ आइतबार
janaki_(2).jpg

जनकपुरधाम। जनकपुरमा रामजानकी विवाह महोत्सवका यसपालि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । राजा जनकको नगरी हुँदै आएको आईतबार रामजानकी विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै सुरक्षा व्यवस्थाको विभिन्न यन्त्र अपनाएका छन ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालका अनुसार भीडभाड र यात्रुहरुको चापलाई मध्यनजर गर्दै आकाशबाट पनि निगरानी भइरहेको बताए । भीडमा कुनै अप्रिय घटना, लुटपाट, वा उच्छृंगल गतिविधि नहोस भनेर ड्रोन क्यामेराबाट निगरानी भइरहेका हो।

(बाह्रबिघा )रँगभूमि मैदानमा प्रत्येक वर्ष हुने ठुलो भीडलाई मध्यनजर गर्दै आकाशबाट सुरक्षा समेत मिलाइएको प्रहरी उपरीक्षक खनालले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको हजारौं सुरक्षाकर्मी पोशाक र सादा पोशाक मा परिचालन गरिएका हुन् । यसका साथै, आजै नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कार्यक्रम पनि रहेको हो ।

भगवान राम र सीताको विवाह उत्सव कार्यक्रमको दौरान हेलिकप्टरबाट पुष्प वर्षा गरिने प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ