arrow

सागका खेल हुने स्थानमा वर्ल्डलिंकको निशुल्क इन्टरनेट

logo
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर १५ आइतबार
world-link.png

काठमाडौं। वल्र्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको वाईफाई इन्टरनेट निशुल्क उपलब्ध गराउने बताएको भएको छ। प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा निशुल्क प्रयोग गर्न पाउने छन्। वल्र्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग सहकार्य गरेको छ।

काठ वल्र्डलिंकले माडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको यस तेह्रौं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन्। यसमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन्। मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वल्र्डलिंकको निशुल्क वाइफाइ उपलब्ध हुनेछ।

वल्र्डलिंक नेपालको इन्टरनेट सेवा प्रदायक सबैभन्दा ठूलो कम्पनी हो। वल्र्डलिंकले नेपालका दुर्गममा समेत निशुल्क इन्टरनेट उपलब्ध गराइरहेको छ। हरेक १ लाख प्रयोगकर्ताले  ६ हजार वाइफाइ स्थानबाट निशुल्क इन्टरनेट चलाउँछन्। फेसबुकसँग जोडिएर उसको एक्स्प्रेस वाइफाइ प्लेटफर्ममार्फत वल्र्डलिंकले दुर्गममा निशुल्क वाइफाइ वितरण गरिरहेको छ। एकस्प्रेस वाइफाइ फेसबुकको विश्वभरका मानिसलाई इन्टरनेटमा जोड्ने कार्यक्रम हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ