arrow

दाङमा कांग्रेस उम्मेदवार आचार्य दोब्बर मतले पछाडि

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
keshab-acharya.jpg

दाङ । दाङ निर्वाचन क्षेत्र नं ३ को (ख)मा प्रदेशसभा सदस्यका लागि भएको  उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विमला खत्री (वली)  अगाडि रहेकी छन् । अहिलेसम्म तुलसिपुर १,२  र बबई १,२,३,४ को १०३८५ मतगणाना गर्दा वली ४ हजार ३ सय ५२ मतले अगाडि रहेकी छन् ।
 
उनका प्रतिस्पर्धी  नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले ४०३७ मत पाएका छन् । त्यस्तै राप्रपाबाट भुपाल रावतले ४४ मत पाएका छन् । अहिलेसम्म १७६ मत बदर भएको छ ।

यसअघिको निर्वाचनमा नेकपाका प्रदेश सदस्य  स्व उत्तरकुमार वलीले २३ हजार ९७० मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिराम भण्डारी १७ हजार ५३५ मत  ल्याई पराजित भएका थिए । वली र भण्डारीबीच छ हजार ४३५ को मत मतान्तर भएको थियो ।

मतदाता सङ्ख्या दाङ क्षेत्र नं ३ को २ मा कूल ६८ हजार ७१९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ३३ हजार ७७८ र महिला मतदाताको सङ्ख्या ३९ हजार ६६०, एक जना तेस्रो लिङ्गी रहेका छन् । दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, २, १० र ११ वडा त्यस्तै शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका पर्दछन् ।

नेकपाका उम्मेदवार विमला खत्री (वली) स्व उत्तरकुमार वलीकी पत्नी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ