arrow

बागलुङमा वाम गठबन्धनलाई झट्का, कांग्रेस उम्मेदवार शेरचन अगाडि

हेलिकप्टर चढेका शेरमानको १४

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
sahi-serchan.jpg

बागलुङ । बागलुङ क्षेत्र नम्बर-२ (ख) प्रदेशसभा सदस्य उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसको अग्रता रहेको छ । अहिलेसम्म कुल २ हजार २ सय ४६ मत गणना भएको छ ।  

जसमा  नेपाली कांग्रेसका जित बहादुर शेरचनले एक हजार ५५ मत पाएका छन् । उम्मेदवार शेरचन विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा आवद्ध हुन् । ढोरपाटन नगरपालिका–१ का शेरचन नेपाल विद्यार्थी सङ्घको तर्फबाट विसं २०६२ मा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियु सभापतिसमेत भएका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाका राजमोका उम्मेदवार खिमविक्रम शाहीले  एक हजार ४६ मत पाएका छन् । राजमोका उम्मेदवार शाही पार्टीका जिल्ला सदस्य हुन् । निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय भएका हुन् । उनि राजमोका पाका र विश्वासिला नेता मानिन्छन् ।

त्यस्तै समाजबादी पार्टीका अशोक कुमार बि.क.ले ७८ मत पाएका छन् ।

नेकपाका नेताले हेलिकप्टर चार्टर गरेर पनि उम्मेदवारी फिर्ता नगरेका शेरमान घर्ति स्वतन्त्रबाट उठेका थिए । उनको चुनाव चिन्ह क्लिपले  १४ मत पाएको छ । उम्मेदवार फिर्ताको समय दिउँसो १ बजे सम्म थियो भने बागी उम्मेदवार घर्तिलाई दिउसो १:२० मा मात्र हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको थियो । तर पनि उनले उम्मेदवारी फिर्ता गरेका थिएनन् ।

त्यस्तै चुनाव चिन्ह स्वतन्त्र ब्लब ६, राप्रपा संयुक्त १०, घर ३,  खुकुरीले १ मत पाएको छ ।  २ हजार २ सय ४६ मत गणना ३२ मत बदर भएको छ ।

 विसं २०७४ को चुनावमा पनि वाम तालमेल भएको थियो ।  सो चुनावमा कांग्रेसका जीतबहादुर शेरचनलाई तीन हजार २६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए। घर्तीले ११ हजार ८८४ मत पाउँदा शेरचनको मत आठ हजार ६६४ थियो । सांसद घर्तीको निधनपछि बागलुङमा उपनिर्वाचन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ