arrow

रविन्द्र पत्नी विद्या निकै अघि

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
kaski-2.jpg

पोखरा ।   कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका प्रतिपर्धी खेमराज पौडेलभन्दा निकै अघि बढेकी छन् ।

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार ३० हजार ३ सय ५ मतगणना गणना भएको छ । जसमा विद्याले १७ हजार ६ सय ५० मत ल्याएकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले ९ हजार २ सय २४ मत पाएका छन् ।

नेकपा उम्मेदवार विद्या कांग्रेस उम्मेदवार खेमराज भन्दा साढे ८ हजार मतले अघि रहेकी छन् ।

सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिको वडा नं ३३, २१, १७ र २० को मतगणना सम्पन्न भइसकेको छ र यतिखेर वडा नं ४ र १६ को मतगणना शुरु भएको छ ।

कांग्रेसका उम्मेदवार पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा ६ दशक लामो संघर्ष गरेका परिपक्व र खारिएका नेता हुन्  भने  नेकपा उम्मेदवार विद्या भट्टराई स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीकी पत्नी हुन् ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्युभएपछि कास्की–२ मा उपनिर्वाचन भएको हो ।

७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो । ३० हजार ३ सय ५ मतगणना भइसकेको छ भने अब जम्मा १५ हजार २ सय ५८ मत मात्र गणना गर्न बाँकी छ ।

वडा नम्बर ३३, २१, १७, २०, १६ र १५ को मत गणना भइसकेको छ भने ४, ७, ८, ९ र ११ वटा वडाको मतगणना बाँकी छ । अहिले ११ नम्बर वडाको मतगणना थालिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमलेले विद्यालाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ