arrow

कांग्रेसका शेरचन ८१ मतले अघि

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
sahi-serchan.jpg

बागलुङ । बागलुङ क्षेत्र नम्बर-२ (ख) प्रदेशसभा सदस्य उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसको ८१ मतको अग्रता रहेको छ । अहिलेसम्म कुल ३ हजार ३ सय २३ मत गणना भएको छ भने ढोरपाटन १, निसीखोला १, तमाखोला १ को मत गणना सकिएको छ ।

जसमा  नेपाली कांग्रेसका जित बहादुर शेरचनले १ हजार ६ सय २७ मत पाएका छन् । त्यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाका राजमोका उम्मेदवार खिमविक्रम शाहीले १ हजार ५ सय ४६ मत पाएका छन् ।

समाजबादी पार्टीका अशोक कुमार बि.क.ले ८२ मत पाएका छन् ।

नेकपाका नेताले हेलिकप्टर चार्टर गरेर पनि उम्मेदवारी फिर्ता नगरेका शेरमान घर्ति स्वतन्त्रबाट उठेका थिए । उनको चुनाव चिन्ह क्लिपले  १५ मत पाएको छ ।

त्यस्तै चुनाव चिन्ह स्वतन्त्र ब्लब ७, राप्रपा संयुक्त १०, घर ३,  खुकुरीले १ मत पाएको छ ।  ३ हजार ३ सय २३ मत गणना ३२ मत बदर भएको छ ।

 विसं २०७४ को चुनावमा पनि वाम तालमेल भएको थियो ।  सो चुनावमा कांग्रेसका जीतबहादुर शेरचनलाई तीन हजार २६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए। घर्तीले ११ हजार ८८४ मत पाउँदा शेरचनको मत आठ हजार ६६४ थियो । सांसद घर्तीको निधनपछि बागलुङमा उपनिर्वाचन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ