arrow

तिलक राई ४ सय ७७ मतले अघि

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
dharan-mayor-candidate.jpg

धरान । धरान उपमहानगरपालिमा नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निरन्तर पछि पारेको छ ।  मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४ सय ७७ मतले पछाडि पारेका छन्।

यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका थिए। धरान १६ का वडाबासीले कम्युनिष्टले धोका दिएकाले अब कांग्रेसलाई भोट दिने प्रतिबद्धता जाहेर गरेका थिए ।

मतगणनाअनुसार कांग्रेसका उम्मेदवार तिलक राईले अहिलेसम्म १० हजार ९९४ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवार प्रकाश राईले १० हजार ५१७ मत ल्याएका छन्। वडा नम्बर १६ को गणना सकिँदा कांग्रेसलाई त्यहाँ २३४० र नेकपालाई १८४९ मत प्राप्त भएको थियो । अहिले वडा नम्बर १४,१५,१६, १७, १८, १९ र २० को मतगणना सकिएको छ।

यसअघि धरानको प्रमुखमा तारा सुब्बा तत्कालीन एमालेबाट विजयी भएका थिए । एकवर्ष अघि मिर्गौला रोगका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

नेकपाबाट प्रकाश राई, नेपाली कांग्रेसले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाएको छ । सङ्घीय समाजवादीले भूपू शैनिक गजेन्द्र इस्वोलाई अघि सारेको छ । त्यस्तै  लिम्बूवान राष्ट्रिय मञ्चले अमर इजम(लिम्बू)लाई उम्मेदवार बनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले १६४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार हर्कराज राईको १५४ मत छ ।

अघिल्लो निर्वाचनमा साविक नेकपा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए । नेपाली कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए । यस पटक पनि कांग्रेसले राईलाई नै अघि सारेको हो । साविक माओवादी केन्द्रले ११ हजार १८० ल्याएको थियो । सङ्घीय समाजवादी पार्टीले उपप्रमुख मात्र उठाएको थियो । उपप्रमुखमा ५ हजार १८१ मत ल्याएको थियो । माओवादी केन्द्रसँग सहकार्य गरेको समाजवादीको ३ हजार मत पाएको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ