arrow

राजपाले जितेको पिपरामा नेकपाका चौधरी विजयी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर १५ आइतबार
pipra.jpg

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाले विजय हासिल गरेको छ । यसअघि  पिपरामा राजपाले जितेको थियो।

महोत्तरीको पिपरा गाँउपालिकामा कडा प्रतिस्पर्धाकाबीच नेकपाका उम्मेदवार विक्रम चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गरी विजयी हासिल गरेका छन ।

चौधरीका  निकटतम् प्रतिस्पर्धी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै राजपा नेपालका उम्मेदवार रविता कुमारी चौधरीले २ हजार ९ सय ८४ मत प्राप्त गरे। नेपाली कांग्रेसका विजय यादवले १ हजार ९३५ मत पाएका छन् ।

गाउँपालिकामा १२ हजार ६०६ मतदान भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ