arrow

८०२ मतान्तरले नेकपाका पोख्रेल विजयी

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
makalu_ruralmunicipality_map.png

सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन् ।

पोख्रेलले तीन हजार १८ मत ल्याएर विजयी भएका हुन्। नेकपाका पोख्रेलले ८०२ मतको अन्तरले विजयी भए । त्यस्तै, नेपाली कांग्रेसका विमन पराजुलीले दुई हजार २१६ मत ल्याए । नौ हजार एक मत रहेको मकालुमा पाँच हजार ७७४ मत खसेको थियो ।

मकालु गाउँपालिका अध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका थिए ।
    
त्यस्तै सङ्घीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ३३२ मत प्राप्त गरेका छन् । नेकपाका विजयी उम्मेदवार तेजबहादुर शिक्षक पेशाबाट अवकाश लिएर राजनीतिक क्षेत्रमा आएका हुन् ।

मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जीप दुर्घटनामा परेर २०७४ पुस ३० गते मृत्यु भएको थियो । कटुवाल तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ