arrow

रवीन्द्र र नेकपाप्रति मतदाताले देखाएको भरोसालाई टुट्न नदिने

विजयीपछि खुशी साटासाट गर्दै नाराबाजी

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
vidhya.jpg

कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का  विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी भएकी छन्।

उनी २४ हजार ३९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन्। त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोम भण्डारीले एक हजार १५३ र साझा पार्टीकी रजनी केसीले ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए ।

यसैबीच, निर्वाचन अधिकृतको कार्यालयद्वारा मतगणनाको नतिजा सार्वजनिक हुनासाथ काँग्रेसका उम्मेदवार पौडेलले नवनिर्वाचित भट्टराईलाई फूलको माला लगाइ बधाइ ज्ञापन गरे । मतगण्नास्थलमा नेकपाका कार्यकर्ता एवं शुभेच्छुकले खुशी साटासाट गर्दै नाराबाजी गरिरहेका छन् । सोही अवसरमा नवनिर्वाचित भट्टराईले मतदातालाई धन्यवाद दिँदै स्व रवीन्द्र अधिकारी र नेकपाप्रति मतदाताले देखाएको भरोसालाई टुट्न नदिने बचनबद्धता प्रकट गरिन्।

उनले आजै पोखरामा माटोको ढिस्को पुरिएर पाँच जना कामदारको मृत्युमा भएकोमा गहिरो समवेदनासमेत प्रकट गरिन्। २०७५ साल फागुन १५ गते यस क्षेत्रका सांसद् एवं तत्कालीन पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्कीको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भएको हो ।

 निर्वाचित भट्टराई दिवङ्गत अधिकारीको धर्मपत्नी हुन्। भट्टराई विद्यार्थी कालमा राजनीतिमा सक्रिय भई अनेरास्ववियुको केन्द्रीय सचिव थिइन्। उनि  शिक्षण पेशामा आबद्ध थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ