arrow

प्रधानमन्त्री ओलीले लिए अस्पतालको बेडबाटै सागको प्रत्यक्ष प्रसारणको आनन्द

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
sag-opening2.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद सागको प्रत्यक्ष प्रसारण हेरेका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आरामरत प्रधानमन्त्री ओलीले अस्पतालको बेडमै बसेर सागको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हेरेका हुन् । 

उनको गत मंसिर १० गते मंगलबार शल्यक्रिया भएको थियो । उनको स्वास्थ्य बिग्रिएको बारे अनावश्यक हल्ला फैलिरहेका बेलामा प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सागको उद्घाटन हेरेको बताएका हुन् । 

यस्तो लेखेका छन् रिमालले –
१३ औं ‘साग’ को भव्य उद्घाटनः हामीले दशरथ रंगशालामा प्रधानमन्त्रीलाई बेस्सरी ‘मिस’ गर्यौँ। तर उहांले समारोह मिस गर्नु भएन। अस्पतालको बेडबाटै प्रत्यक्ष प्रशारण पुरै हेर्नु भयो। वाइफाइ व्यबस्थापनको लागि अस्पताल प्रशासनलाई धेरै धेरै धन्यवाद !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ