arrow

धरानमा कांग्रेसका तिलक राई प्रतिष्पर्धी प्रकाश राई भन्दा अगाडी

गणना हुन बाँकी वडामा कांग्रेसले मतान्तर अझ फराकिलो बनाउने विश्वास

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
tilak.jpg

धरान। मतगणनाको पछिल्लो परिणाम अनुसार धरान उपमहानरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राई फेरि अगाडी आएका छन्। प्रतिष्पर्धी प्रकाश राइसँगको उनको अग्रता फराकिलो बन्दै गएको छ।

तिलक राइले सत्तारुढ नेकपाका उम्मेद्वार प्रकाश राईलाई १३ सय ३ मतले पछाडि पारेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४४ हजार ८ सय ८९ मतगणना सकिदा नेपाली कांग्रेसका तिलक राइले २१ हजार ३ सय ११ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राइले २० हजार ८ मत ल्याएका छन्।

वडा नं २०, १९, १८, १७, १६, १५, १४, १३, १२, ११, १०, ९, ८, ४ र ६ नम्बर वडाको मतगणना भइसकेको छ भने १, २, ३, ५ र ७ नम्बर वडाको मतगणना बाँकी रहेको छ ।

बाँकी रहेको ९ हजार मत सोमबार विहान १० वजेसम्म गणना सकिने बताइएको छ। गणना हुन बाँकी रहेको वडामा कांग्रेस र नेकपा बीचमा बराबर जस्तै मत आएपनि कांग्रेसलाई जित्न सहज हुने अनुमान गरिएको छ। ति वडाहरुमा तुलनात्मक रुपमा कांग्रेसको बलियो पनि मानिएको छ। 

प्रारम्भिक मतपरिणाममा पछाडि परेको कांग्रेसले लगातार अग्रता बढाउँदै लगेको छ । कांग्रेस कार्यकर्ताहरु अब चुनाव जितिने भयो भन्दै खुसी साटासाट गर्न थालेका छन्। धरानमा २०७४ मा निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भएपनि उनको निधन पछि उपनिर्वाचन भएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ