arrow

धरानमा नेकपाको गढ भत्कियो, कांग्रेसले गाड्यो खम्बा

काँग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई हराए 

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
tilak.jpg

धरान। धरान उपमहानरपालिकामा नेपाली कांग्रेसले खम्बा गाडेको छ । २०४८ सालदेखि निरन्तर तत्कालीन एमालेले जित हासिल गर्दै आएको उक्त क्षेत्रमा यसपटक तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपाले पनि जित हासिल गर्न नसकेको हो । 

काँग्रेसका उम्मेदवार तिलक राई विजयी हुने पक्का भएको हो । दुई हजार भन्दा बढी मतको अन्तरले अग्रता लिइरहेका बेलामा अन्तिम वडाका रुपमा वडा ७ को मतगणना भइरहेको छ । मत गन्न बाँकी भन्दा बढी मतले अग्रता लिएको अवस्थामा तिलक राई विजयी हुने पक्का भएको हो । 

मत गणना अन्तिम चरणमा पुगेको अवस्थामा मतको अन्तिम घोषणा भने हुन बाँकी रहेको छ । धरानमा २०७४ को निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भए पनि उनको निधन पछि उपनिर्वाचन भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ