arrow

जन्मदिनको खर्च कटाएर विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग 

logo
कौरव खत्री, 
प्रकाशित २०७६ मंसिर १६ सोमबार
nnn.jpg

गुल्मी । गुल्मीका एक समाजसेवीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री र कार्पेट हस्तान्तरण गरेका छन् ।

आइतवार मुसिकोट नगरपालिका ३ बारुका निवासी समाजसेवी तथा भूतपूर्व विद्यार्थी समेत रहेका सुमेन्द्र सिंह ठकुरीले आफ्नो जन्मदिनको खर्च नगरी सोही वडा स्थित मुसिकोट माध्यमिक विद्यालयको बाल कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई कपी पेन र शिशाकलम र न्यानो कार्पेट हस्तान्तरण गरेका हुन् ।

समाजसेवी तथा सहयोगी सिंह ठकुरीले करिव १० हजार रकम बराबरको उक्क्त शैक्षिक सामग्री र  न्यानो कार्पेट सहयोग गरेको मुसिकोट माध्यमिक विद्यालयका शिक्षक पुरन बगाले मगरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ