arrow

मोटरसाइकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

logo
प्रदीप आचार्य, 
प्रकाशित २०७६ मंसिर १६ सोमबार
accident-final.jpeg

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत आफ्नो साइडमा रोकिराखेको भे १ बु १४४८ नम्बरको ट्रिप्परमा ना ४३ प ३३४६नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए । 

मृत्यु हुनेमा सैनामैना वडा नं ६ बस्ने वर्ष २९ का  नविन कंडेल, सोही ठाउँ बस्ने बर्ष ३१ का दिपक पन्थ रहेका प्रहरीले जनाएको छ ।

आइतबार राति १० बजेको समयमा तिव्र गतिका कारण मोटरसाइकल ठोक्किन पुगेको प्रहरीका  प्रारम्भिक अनुमान रहेको छ ।

घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको छ भने दुवैे साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ