arrow

धरानमा कांग्रेसको ऐतिहासिक जीत, परिवर्तनको संवाहक तिलक राई भए विजेता

परिवर्तनको पक्षमा उभियो धरान, पहिलो पटक धरानको नेतृत्व गर्दै कांग्रेस

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ मंसिर १६ सोमबार
tilakrai.jpg

धरान। धरानमा नेपाली कांग्रेसले स्थानिय तहको चुनाव हुन थाले यताको २७ बर्षमै पहिलो जीत निकालेको छ। यस जीतका नायक भएका छन् नेपाली कांग्रेस धरानका नगर सभापति तिलक राई।

गत स्थानिय चुनावमा ४८ सय मतले पराजित राईले गतिलो पुनरागमन गर्दै धरानमा कांग्रेसको ऐतिहासिक जीत दर्ता गराउन सफल भएका छन्। राईको यो जीतसँगै धरानमा ६० बर्षदेखिको कम्युनिष्ट विरासत पनि ढलेेको छ। २०१७ सालदेखिनै धरानमा कम्युनिष्ट नेता नै निर्वाचित हुदै आएका थिए।

तिलक राइले यसअघी हार हुँदाको मतान्तरलाई घटाउँदै २७ सय ९५ मत अन्तरले मेयरमा चुनाव जितेका छन्। तिलकले २६ हजार ७ सय ९ मत ल्याउँदा उनका प्रत्यासी प्रकाश राईले २३ हजार ९ सय १४ मत पाएका छन्। 

धरानमा आएर कांग्रेसलाई बत्ती वालेर खोज्नु पर्ने भाषण गरेका प्रचण्डलाई समेत राईको नेतृत्वको कांग्रेसजनले राम्रो जवाफ दिएका छन्। निर्वाचन आचारसंहिताको उलंघन गर्दै सुवास नेम्वाङ र विष्णु पौडेलहरुलाई हेलिकप्टरमा लिएर भाषण गर्न आएका प्रचण्डले अब कांग्रेसलाई बत्ती बालेर खोज्नुपर्ने दिन आउने भन्दै नेकपाको उमेद्वारलाई मत दिन भनेका थिए। तर धरानका जनताले यसपटक भने नेकपा र यसको नेतृत्वलाई पत्याएनन। धरानले प्रष्टसँग परिवर्तनको पक्षमा आफ्नो मत दियो। 

नेपाली कांग्रेसका युवा नेता सुवास राईले धरानले प्रजातन्त्र पुनर्स्थापना यता स्थानिय तहको चुनाव भएको २७ बर्षे इतिहासमा परिवर्तनको पक्षमा आफूलाई उभ्याएको बताए। सत्ता र शक्तीको बलमा धरानको चुनावलाई प्रभावित गर्न खोज्नेहरु पनि पराजित भएको राईले बताए। ' जनता कसैका पेवा होइनन भन्ने सन्देश पनि हो यो,' राइले भने 'सधै चुनावको बेलामा मिठा मिठा कुरा गरेर जनतालाई ढाट्नेहरुलाई धरानका जनताले सवक सिकाएका छन्।' 

धरानको सबैभन्दा ठूलो समस्या भनेको सुकम्वासी समस्या हो। करिव २० हजार सुकुम्वासी भएको धरानमा लालपूर्जा दिने विषय जहिल्यै राजनीतिक मुद्धा रह्यो। चुनाव आउँदा लालपूर्जा दिन्छु भनेपनि अहिलेसम्म यो विषयले निकास नपाउँदा यो पटक उनीहरुले पनि मुख फेरेका छन्। सधै कम्युनिष्टहरुको भोट बैङकका रुपमा प्रयोग भएका उनीहरुले यस पटक परिवर्तनकै नारा घन्काए। सूर्यलाई छोडेर मत समेत रुखमा हाले।  नेकपाका नेताले धरानमा गरेको भ्रष्टाचार र अनियमित कार्य पनि जनतालाई विकल्प खोज्न वाध्य बनाएको कतिपय बताउँछन्।

नेपाली कांग्रेस सुनसरीका सभापति राजिव कोइरालाले संसदीय चुनावको जितसँगै धरानको जीतले सुनसरीले पूर्वमा मात्र नभइ देशभरिकै कांग्रेस नेता कार्यकर्ताको लागि खुसीको सन्देश दिएको बताए। उनले सोमबारै विशाल विजय र्‍यालीको तयाररी गरिएको पनि बताए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ